बागमती प्रदेशद्धारा पाँचौं तहका लागि ११ सय कर्मचारीको दरखास्त आह्वान

जनता संवाददाता
२०८० माघ ८ गते, सोमबार

काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले एकैपटक एक हजार ११३ कर्मचारीका लागि दरखास्त माग गरेको छ।

सोमबार सूचना प्रकाशित गरी उसले प्रदेश स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्यसेवा तर्फ खुला र समावेशी समूहमा विज्ञापन खुलाएको हो।

ती पदहरूमा माघ २८ गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने आयोगले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८० माघ ८ गते, सोमबार


Scroll to Top

Janata Media