रवि लामिछानेले भने– ‘१ करोड ८० लाखको चेक बैंकमा गएको हो तर पैसा जम्मा भएको होइन’

जनता संवाददाता
२०८० माघ ८ गते, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ग्यालेक्सी टेलिभिजनका सञ्चालक जिबी राईको नामबाट आएको भनिएको पैसा आफ्नो नआएको बताएका छन् ।

आज पार्टी कार्यालय बनस्थलीमा पत्रकार सम्मेलन गर्दै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिबी राईको नामबाट आएको भनिएको १ करोड ८० लाख रुपैयाँ जम्मा नभएको बताए ।

पत्रकार सम्मेलन गर्दै लामिछानेले तत्कालिन समयमा ग्यालेक्सी फोरके टेलिभिजन छाड्दा टेलिभिजनका सञ्चालक जिबी राईले १ करोड ८० लाख नदिएको स्पष्ट पारे ।

उनले त्यसबारेमा स्पष्ट पार्दै चेक डिपोजिटका लागि ग्लोबल आइएमी बैंकमा गएको त्यसको डिपोजिट हुने स्लीप लिएको तर आफ्नो खातामा पैसा नआएको बताए ।

‘कसैले मेरो खातामा चेक जम्मा गर्न लग्दियो । तर जसले पैसा दिएको हो उसको खातामा पैसा नभएको कारण चेक फर्किएको हो । मेरो खातामा पैसा आएको होइन ।’ लामिछानेले भने ।

प्रकाशित मिति : २०८० माघ ८ गते, सोमबार


Scroll to Top

Janata Media