सम्पति शुद्धीकरणसम्बन्धी विधेयक पारित

जनता संवाददाता
२०८० माघ २४ गते, बुधबार

काठमाडौं । सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक पारित गरेको हो । प्रतिनिधिसभाले पारित गर्नुअघि विधेयकमाथि कानुन समितिमा दफाबार छलफल भएको थियो ।

गत २४ असोजमा समितिले पारित गरेको ९ बुँदे प्रतिवेदनलाई समेत प्रतिनिधिसभाले विधेयकको अंग बनाएको छ ।

 

प्रकाशित मिति : २०८० माघ २४ गते, बुधबार


Scroll to Top

Janata Media