विभिन्न बहानामा करोडौँ ठगी गर्ने चार प्रक्राउ

जनता संवाददाता
२०८० फाल्गुन २ गते, बुधबार

काठमाडौं । विभिन्न बहानामा करोडौँ ठगी गर्ने चार जना प्रक्राउ परेका छन् ।

काठमाडौँ उपत्यकाका अपराध अनुसन्धान कार्यलयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले विभिन्न बहानामा सात करोड ७७ लाख ५१ हजार रुपियाँ ठगी गर्ने चार जनालाई प्रक्राउ गरिएको जानकारी दिए ।

उपरीक्षक रेग्मीका अनुसार प्रक्राउ पर्नेमा ४२ वर्षीय कुमार थापा, ४२ वर्षीय मिना दमै, ४३ वर्षीय रविनकुमार थापा, ३९ वर्षीय दिलीपकुमार लाभ छन् । निजहरुले चार जनाको समूह बनाई विभिन्न व्यक्तिलाई ठगी गर्ने क्रममा सुनका गहना, गाडी र जग्गाको बरोबार गर्ने देखाई विश्वसमा पार्ने ठूला कारोबार भएको देखाउने गरेको अनुसन्धानमा खुलेको छ ।

त्यस्तै अनुसन्धानमा पोखराका सुनचाँदी पसलमा पहिलो पटक १० लाख, दोस्रो पटक २० लाख, तेस्रो पटक ५० लाख रुपियाँ बराबरको गहना खरिद गरी विश्वास जितेपछि एक करोड ८० लाख रुपियाँका गहना बाहिर निर्यात गर्ने भनी लिई चेक दिई योजनाबद्ध रुपमा ठगी गरी फरार रहेको प्रहरीले जनाएको छ ।,

सूचना अधिकारी प्रहरी उपरीक्षक रेग्मीका अनुसार मीना दमैले तीन करोड ६५ लाख ५९ हजार रुपियाँ बैंकिङ कसुर एवम् ठगी मुद्दा गरेको आरोप लागेको छ । यस्तै थापाविरुद्ध दुई करोड ६० लाख रुपियाँको बैंकिङ कसुर एवम् ठगी गरेको मुद्दा दर्ता गरिएको छ । दिलीपकुमार लाभविरुद्ध ११ लाखको बैंकिङ कसुर मुद्धा दायर गरेको सूचना अधिकारी प्रहरी उपरीक्षक रेग्मीको भनाइ छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २ गते, बुधबार


Scroll to Top

Janata Media