गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटफुट वर्षाको सम्भावना

जनता संवाददाता
२०८० फाल्गुन १५ गते, मंगलवार

काठमाडौं । मङ्गलबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटफुट वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण तीन प्रदेशमा छिटफुट वर्षाको सम्भावना रहेको छ ।

उनका अनुसार अन्य प्रदेशमा भने आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । उनतले भने, “पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटफुट वर्षाको सम्भावना छ, अन्य प्रदेशमा भने आंशिक बदलीको सम्भावना छ ।’’

मौसममा भोलिदेखि मात्र सुधार हुँदै जाने उनले बताए । अब प्रि मनसुन सुरु हुने भएकाले बेलुकापख चट्याङ्सहित पानी पर्ने क्रम बढ्दै जाने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते, मंगलवार


Scroll to Top

Janata Media