लिभिङ टुगेदरको कानुन बनाउन माग गर्दै सर्वोच्चमा रिट

जनता संवाददाता
२०८० चैत्र २ गते, शुक्रबार

काठमाडौं । नेपालमा लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।

अधिवक्ता अनु भट्टराईले कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

नेपालमा लिभिङ टुगेदरको कानुन नभए पनि शहरी क्षेत्रमा लिभिङ टुगेदरमा बस्ने संख्या बढिरहेको छ । अवैधानिक रुपमा लिभिङ टुगेदरमा बस्दा त्यसले विभिन्न समस्या निम्त्याएको भन्दै त्यसलाई वैधानिकता दिन मागसहित सर्वोच्चमा रिट परेको हो ।

‘लिभिङ टुगेदरलाई समयमै नियमन र व्यवस्थापन गर्न अति नै जरुरी र आवश्यक रहेकाले कानुनको अभावमा लिभिङमा रहने प्रचलनलाई अनैतिक मानिसले गर्ने खराब आचरणजन्य कार्यको रुपमा लिने मानसिकताबाट समाजलाई मुक्त बनाउने तथा त्यस्ता सम्बन्धमा रहे बसेका मानिसहरुमा उत्पन्न हुन सक्ने समस्याबाट बचाई तिनीहरुको मर्यादा कायम गराउने पेशागत धर्म तथा नैतिक जिम्मेवारी सम्झिदै कानुनी उपचारको अन्य वैकल्पिक कानुनको समेत व्यवस्था नभएकाले सम्मानित अदालतमा यस रिट निवेदन लिएर उपस्थित भएको छु ।’ रिटमा भनिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २ गते, शुक्रबार


Scroll to Top

Janata Media