सालनालसहित नवजात शिशु भेटियो

जनता संवाददाता
२०८० चैत्र ७ गते, बुधबार

काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिका–९ स्थित सामुदायिक वनमा बेवारिसे अवस्थामा नवजात शिशु (छोरी) भेटिएको छ ।

जंगलमा सालनालसहित भेटिएको शिशुको चापाकोट नगर अस्पतालमा प्राथमिक उपचार गरेर थप उपचारका लागि पोखरा पठाइएको छ । स्थानीयले सालनाल सहितको शिशु रहेको जानकारी प्रहरीलाई गराएका थिए ।

सालनालसहित भेटिएको शिशु कस्को हो भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । शिशुमा कमिला लागेको र गम्भीर अवस्थामा रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८० चैत्र ७ गते, बुधबार


Scroll to Top

Janata Media