२७ गते हुने राप्रपाको आन्दोलनका लागि अध्यक्ष महत नेतृत्वको टिम काठमाडौँमा

जनता संवाददाता
२०८० चैत्र २५ गते, आईतवार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चैत २७ गतेबाट हुने आन्दोलनका लागि हुम्लाको टोली काठमाडौं आईपुगेको छ । हुम्लाबाट नेपालगञ्जसम्म हवाईमार्ग हुँदै राप्रपा हुम्लाको टोली काठमाडौं आईपुगेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हुम्लाका अध्यक्ष विकास महतको नेतृत्वमा आन्दोलनमा होमिन टोली काठमाडौं पुगेको हो । काठमाडौँ आउन आफैँमा महङ्गो भएपनि टोली काठमाडौँ आएको अध्यक्ष महतले बताए । ‘हामी अब आन्दोलन अवधिभर होमिनेछौँ । पार्टीको निर्देशन अनुरुप राजसंस्था सहितको हिन्दु राज्य स्थापित गर्न हामी लाग्नेछौँ । कतै चुक्ने छैनौँ ।’ उनले जनता मिडियासँग भने ।

यसका लागि पार्टी अध्यक्ष विकास महत, उपाध्यक्ष गणेश शाही र प्रम रावत, सचिव तेज रावत, काठमाडौं सम्पर्क समितिका अध्यक्ष शिबराज क्षेत्री र केन्द्रीय सदस्य कालीबहादुर शाही, जिल्ला कार्य समिति सदस्य छापे ऐडी, फुन्जोक लामा, घमान रोकाया लगायत ५० जनाको टोलि काठमाडौँ आएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते, आईतवार


Scroll to Top

Janata Media