काठमाडौँ । राप्रपाको उपत्यका केन्द्रित आन्दोलनका क्रममा राप्रपा हुम्ला-काठमाडौँ सम्पर्क समितिका अध्यक्ष शिबराज रोकाया घाइते भएका छन् । प्रहरीसँगको मुठभेटका क्रममा अध्यक्ष रोकाया घाइते भएका हुन् ।
प्रहरीसँगको मुठभेटमा सम्पर्क समितिका अध्यक्ष रोकाया घाइते भएको राप्रपा हुम्लाका अध्यक्ष विकास बहादुर महतले जानकारी दिए।
अहिले रोकायालाई उपचारका लागि नजिकको क्लिनिकमा लिइएको अध्यक्ष महतले बताए। रोकायाको स्वास्थ्य अवस्था सामान्य छ।







