कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता

जनता संवाददाता
२०८१ बैशाख १७ गते, सोमबार

काठमाडौँ । मिडिया सञ्चालक कैलाश सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको हो । सिरोहिया कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष हुन् ।

‘जाहेरी आएको छ’ धनुषाका एसपी भुवनेश्वर तिवारीले भने–‘हामीले दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाएका छौँ ।’ सिरोहियाले दुई वटा फरक नम्बरको नागरिकता प्रयोग गर्ने गरेको उजुरकर्ताले दाबी गरेका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते, सोमबार


Scroll to Top

Janata Media