इलाममा रास्वपाका मिलनसहित १६ उम्मेदवारको जमानत जफत

जनता संवाददाता
२०८१ बैशाख १८ गते, मंगलवार

काठमाडौँ । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले जमानत जोगाउन असफल भएका छन् । कुल सदर मतको १० प्रतिशत कटाउन नसकेपछि लिम्बूको जमानत जफत भएको हो ।

इलाम–२ मा ६८ हजार ४७२ मत सदर भएको थियो । लिम्बूले ५ हजार ५० भोट मात्र ल्याए । जमानत जोगाउन सदर मतको १० प्रतिशत भोट पाउनुपर्ने हुन्छ । तर, रास्वपाका उम्मेदवार मिलन लिम्बुसहित अन्य १६ उम्मेदवार सो बराबर मत ल्याउन असफल भए ।

यहाँ नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।

यि हुन् जमानत जफत भएका १६ उम्मेदवारहरु:

प्रकाशित मिति : २०८१ बैशाख १८ गते, मंगलवार


Scroll to Top

Janata Media