आगलागीबाट १५ घर जलेर नस्ट

जनता संवाददाता
२०८१ बैशाख १९ गते, बुधबार

बनेपा । काभ्रेपलान्चोकको रोशी गाउँपालिका –४ सानोपोटामा मङ्गलबार मध्याह्न भएको आगलागीबाट १५ घर जलेर नस्ट भएको छ । मङ्गलबार बिहान बारीमा काँडा जलाउने क्रममा हावाहुरी आइ आगो महादेवटार सामुदायिक वनहुँदै बस्ती प्रवेश गरेपछि गाउँमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले आगलागीबाट सानोपोटा गाउँमा रहेका १४ घर जलेर नस्ट भएको जनाएको छ । रोशी गाउँपालिका ४ का पूर्व वडा सदस्य प्रेम तामाङले आगलागीबाट स्थानीय १५ नागरिकको घर जलेर नस्ट भएको बताए ।

उनले आगलागीबाट मानवीय र पशुधनको क्षति नभए पनि अन्नपात र लत्ताकपडा नस्ट भएको बताए । उनले हावाहुरीका कारण आगलागी नियन्त्रणमा लिन नसकिएको र अन्य घरमा आगलागी होला भन्ने त्रासमा रहेको बताए ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते, बुधबार


Scroll to Top

Janata Media