हुम्ला । बुधवार गएको हावाहुरीले जनकल्याण आधारभुत विद्यालयको जस्ताको छत उडाएको छ । हुम्लाको अदानचुली गाउँपालिका वडा नं १ मा रहेको जनकल्याण आधारभुत विद्यालयको जस्ताले बनाईएको छत अत्याधिक हावाहुरीले गर्दा उडाएको हो ।
बुधवार अकस्मात् गएको अत्याधिक हावाहुरीले विद्यालयको पाँच ओटा कोठाको जस्ता पाता उडाएको विद्यालयका प्रधानाध्यापक पर बहादुर थापाले जानकारी दिए । उनले उक्त जस्ता पाता छाउनका लागि स्थानीय निकायका जनप्रतिनिधि र गैर सरकारी संघ संस्थाहरुलाई सहयोगका लागि अपिल गरेका छन् ।
यससँगै यसको प्र्रत्यक्ष प्रभाव त्यहाँका विद्यार्थीमा परेको छ । हुम्लाको एकदमै विकट ठाउँमा रहेको उक्त विद्यालय शिक्षाका दृष्टिकोणबाट सँधै अगाडी रहने गरेको छ ।







