चार वर्षीय छोराद्वारा पत्रकारलाई दागबत्ती

जनता संवाददाता
२०८१ जेष्ठ ५ गते, शनिबार

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरधामका पत्रकार शिवेन्द्र रोहितालाई उनको ४ वर्षीय छोराले दागबत्ती दिएका छन् । रोहिताको सडक दुर्घटनामा मृत्यु भएको थियो ।

कारले ठक्कर दिँदा जनकपुरको थापाचोकमा उनको निधन भएको थियो । जिल्ला प्रहरी कार्यलय धनुषाका अनुसार आज बिहान बा २१ च ३३४३ नम्बरको कारले रोहिता सवार रहेको प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

पत्रकार रोहिता धनुषा जिल्लाको शहिदनगर नगरपालिका ८ निवासी रहेका थिए । ३२ वर्षीय रोहीता राजधानी जनकपुर अनलाइन खबरमा कार्यरत रहेका थिए । प्रहरीले अनुसन्धानको क्रममा चार जनालाई पक्राउ गरेको जनाएको छ ।

आज दिउँसो ४ बजे उनको अन्तिम संस्कार जनकपुरधामको गंगासागरस्थित स्वर्गद्वारमा गरिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते, शनिबार


Scroll to Top

Janata Media