
काठमाडौँ । करिब तिन वर्ष अघि मात्रै निर्माण सुरु भएको गल्बा बहुमुखी क्याम्पसको भवन अलपत्र रहेको पाईएको छ । हुम्लाको अदानचुली गाउँपालिका वडा नं ३ मा आ.व. २०७८।०७९ मा निर्माण सुरु भएको क्याम्पसको भवन अलपत्र रहेको पाईएको हो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको २० लाख बजेटमा आ.व. २०७८।०७९ मा निर्माण कार्य सुरु भएको थियो । तर क्याम्पस व्यवस्थापन समितिले उक्त रकम अपुग भएको भन्दै भवन अलपत्र पारेको थियो । अहिले उक्त दुई कोठे भवन वेबारिसे अवस्थामा छ । विद्यार्थी भर्ना भएका छैनन् । उल्टै क्याम्पस समेत खारेज हुने अवस्थामा पुगेको छ ।
यो विषयमा त्यहाँका जनप्रतिनिधि र स्थानीयहरुसँग बुझ्दा उक्त भवन अलपत्र पर्नुमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दल फडेरा र क्याम्पस प्रमुख रणसुर रोकाया नै जिम्मेवार रहेको बताएका छन् । स्थानीयहरुले त झनै आफुहरुले बनायो भने त १५ लाख मै उक्त दुई कोठे भवन पुरा गर्ने समेत दाबी गरेका छन् ।
उक्त भवन बनाउनेमा आफु सक्रिय नभएको र कामको जिम्मा क्याम्पस प्रमुखलाई जिम्मा दिएको तर क्याम्पस प्रमुखले काम गर्न नसकेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एवं अदानचुली गाउँपालिकाका पूर्व अध्यक्ष दल फडेराले बताए । ‘मैँले पुरै कामको जिम्मा क्याम्पस प्रमुख रणसुर रोकायालाई दिएको थिएँ । खाली भूक्तानी र अन्य कागजातमा साईन गर्ने काम मात्रै गरेको हुँ । क्याम्पस प्रमुखले काम गर्न सकेनन् । मसँग अहिे केही पनि विवरण छैन । सबै काम उसैले गरेको हो । यसमा मेरो संलग्नता केहि पनि छैन ।’ जनता मिडियासँग उनले भने ।
आफुले दुई वर्ष अघि नै आफ्नो जिम्मेवारीबाट राजिनामा दिईसकेको र रकम अपुग भएर क्याम्पसको दुई कोठे भवन पुरा गर्न नसकिएको बताए । ‘मैँले दुई वर्ष अघि नै राजिनामा दिईसकेँ । पुरा काम गर्ने पैसा पुगेन । पुरै काम गर्ने जिम्मेवारी मेरै हो । अध्यक्ष ज्यूले पनि मलाई ने जिम्मेवारी दिनुभएको थियो । तर पुरा गर्न सकिएन । अहिले मेरो जिम्मेवारी केहिपनि छैन ।’ जनता मिडियासँग उनले भने ।
तर क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दल फडेराले रणसुर रोकायाले आफुकहाँ राजिनामा पत्र नदिएको र अहिले पनि क्याम्पस प्रमुख रोकाया नै भएको बताएका छन् । यता रोकाया भने दुई वर्ष अघि नै राजिनाम दिईसकेको दाबी गर्छन् ।
यसरी हेर्दा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष फडेराको गैर जिम्मेवारीपन र क्याम्पस प्रमुखको काम गर्न सक्ने क्षमता नभएकाले उक्त भवन अलपत्र परेको देखिन्छ । क्याम्पस प्रमुखे काम गर्न नसकेपछि भवन अलपत्र पारेर राजिनामा दिएको आफ् उम्किन नाटक गरेको प्रस्ट देख्न सकिन्छ ।
यस्को प्रत्यक्ष असर त्यहाँका विद्यार्थीमा परेको छ । विद्यार्थीहरु भर्ना हुन पाएका छैनन् । क्याम्पस नै खारेज हुने अवस्थामा पुगेको छ । जिम्मेवार व्यक्ति भने अनेक जालझेल गर्दै भवन अलपत्र पारेर उम्किन खोज्दैछन् ।
पुरा भिडियो रिर्पोट हेर्नुहोस्: