सुर्खेतमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जनता संवाददाता
२०८१ जेष्ठ १७ गते, बिहीबार

सुर्खेत। सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाको रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहिबार विहान भे १ च २५६० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार शव रुखमा अड्किएको अवस्थामा भेटिएको छ भने दुई जना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पु¥याइएको छ ।

दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उक्त कार्यालयले जनाएको छ । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन गरिएको छ । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते, बिहीबार


Scroll to Top

Janata Media