योजनाका लागि सिफारिस ल्याएर म कहाँ आउने व्यक्ति मूर्ख हुन्: मन्त्री परियार

जनता संवाददाता
२०८१ जेष्ठ १९ गते, शनिबार

सुर्खेत । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकास मन्त्री रणसिंह परियारले योजनाका लागि सिफारिस ल्याएर आफु कहाँ आउने व्यक्ति मुर्ख भएको बताएका छन् । जनता मिडियाले लिएको एक विशेष अन्र्तवार्तामा मन्त्री परियारले यस्तो बताएका हुन् ।

जनता मिडियाका प्रकाशक चक्र दानीले लिएको आधा घण्टा बडी समयको अन्र्तवार्तामा मन्त्री परियारले योजनाका नाममा सिफारिस ल्याएर कार्यकक्षदेखि निवास सम्मै आउनेहरु मूर्ख भएको बताएका हुन् ।

अन्र्तवार्ताका क्रममा प्रकाशक दानीले योजना छनोट तथा बजेट निर्माणको समय छ, कस्तो चहलपल छ ? भन्ने प्रश्नमा उनले भने, ‘यो विषयमा पहिला जसरी भेटघाट हुन्थे । त्यसरी नै भईरहेका छन् तर सिफारिस नै मैँ कहाँ आउने गरेका छन् । ती सिफारिस गर्ने व्यक्ति नै मुर्ख छन् । अझ हामीले फाईल बुझेनौँ भने मात्र पनि हामी महामुर्ख हुन्छौँ । त्यसैले फाईल बुझेका छौँ । तर यसरी आएका सिफारिसका आधारमा योजना छनोट हुँदैनन् । ढुक्क हुँदा हुन्छ ।’ जवाफमा उनले भने ।

प्रकाशित मिति : २०८१ जेष्ठ १९ गते, शनिबार


Scroll to Top

Janata Media