टी(२० विश्वकप ः नामिबियाले ओमानलाई सुपर ओभरमा हरायो

जनता संवाददाता
२०८१ जेष्ठ २१ गते, सोमबार

काठमाडौं । टी(२० विश्वकपको चौथो तथा समूह बीको पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको छ ।

बार्बाडोसको केन्सिङ्टन मैदानमा भएको खेलमा ओमानले दिएको ११० रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ६ विकेट गुमाएर १०९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियो । उक्त लक्ष्य ओमानले भेटाउन सकेन । जम्मा १० रनमात्रै जोडेपछि नामिबिया विजयी भयो ।

यसअघि ११० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले जेन फ्राइलिंकले ४५, निकोलस डेभिनले २४ र जेराल्ड इरास्मसले १३ रनको योगदानमा १०९ रन बनायो । अरु ब्याटरले भने दोहोरो अक जोड्न सकेनन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते, सोमबार


Scroll to Top

Janata Media