गण्डकीका मुख्यमन्त्री पाण्डे विश्वासको मतका लागि किन हतार गर्दैछन् रु

जनता संवाददाता
२०८१ जेष्ठ २७ गते, आईतवार

एमाले–माओवादीसहितको विपक्षी दलहरूमा संशय, संसद् बहिष्कार गर्नेसम्मको आन्तरिक तयारी
काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोलि सोमबार दिउँसो ३ बजे प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेपछि एमाले–माओवादीसहितको विपक्षी दलहरूमा संशय बढेको छ ।

मुख्यमन्त्री पाण्डेले विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीसँग आइतबार औपचारिक पत्र लेखेरै दलको तर्फबाट विश्वासको मत मागेपछि विपक्षी गठबन्धनमा झन संशय बढेको छ । उनले भोलि सोमबार ३ बजे बस्ने गरी डाकिएको प्रदेशसभा बैठकमा आफूलाई मत दिन अन्य दललाई पनि पत्र लेखेका छन् ।

पाण्डे संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलको नेता भएकाले संविधानको धारा १६८ को उपधारा ९३० अनुसार मुख्यमन्त्री भएका हुन् । उनको दल नेपाली कांग्रेससँग २७ सिट रहेको छ । त्यसो त उनीसँग विश्वासको मत लिन अझै केही दिन बाँकी नै छ । संविधानतः मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।६१ सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ जना आवश्यक पर्छ । तर, चार सदस्य अपुग हुने अवस्थामा पनि विश्वासको मत लिन हतार गर्नुले विपक्षी एमाले–माओवादीमा संशय बढेको हो । उनले खास के देखेर संसदमा विश्वासको मतको प्रस्ताव टेबल गर्दैछन् भन्नेबारे केन्द्रको सत्ता गठबन्धनले अहिले विश्लेषण गरिरहेको छ ।

मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिने सूचीमा राप्रपा, ‘स्वतन्त्र सांसद’ दीपक मनांगे र माओवादीबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटालाई अटाएका छन् । उनीहरुले विश्वासको मत दिए बहुमत पुग्छ । तर, अहिलेसम्म कसैले पनि पाण्डेलाई वचन दिइनसकेको अवस्था छ ।

राप्रपा अहिलेको संघीय सरकारको विपक्षमा छ । केही समयदेखि राप्रपा र नेपाली कांग्रेसको सम्बन्ध सुधार हुँदै गएको देखिएको छ । संघमा बनेको अहिलेको गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको राप्रपाले अहिलेका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने वा नदिने टुंगो अझैसम्म लगाइसकेको छैन । राप्रपा गण्डकी संसदीय दलका नेता पञ्चराम गुरुङ आफूहरुले कुनै पनि निर्णय लिइनसकेको बताउँछन् । ‘मत दिनेरनदिने निर्णय गर्ने सर्वाधिकार अध्यक्ष राजेन्द्र लिङ्देनज्यूलाई छ, उहाँले कुनै संकेत गर्नुभएको छैन,’ उनले भने ।

मुख्यमन्त्री पाण्डेलाई राप्रपाको मत यति धेरै आवश्यक छ कि, उसले समर्थन नगरेको अवस्थामा संघमा बनेको अहिलेको गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको राप्रपाले अहिलेका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने वा नदिने टुंगो लागेको छैन । ‘म काठमाडौंमै छु । सोमबारको बैठकमा के गर्ने भन्ने निर्णय भइसकेको छैन,’ राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले भने, ‘मत दिने वा नदिने निर्णय गर्ने सर्वाधिकार अध्यक्षज्यूलाई छ । उहाँले कुनै संकेत गर्नुभएको छैन ।’

गण्डकी प्रदेश सभामा राप्रपाका २ सांसद छन् । राप्रपाले समर्थन नगरे विश्वासको मतको ‘च्याप्टर क्लोज’ हुन्छ ।

पाण्डे सरकार टिकाउने अर्को पात्र मानिएका दीपक मनांगेले पनि अहिलेसम्म कुनै निर्णय लिइसकेका छ्रैनन् । मनाङे यतिबेला काठमाडौंमै छन् । ‘अवस्था हेरेर निर्णय गर्छु,’ मनाङेले भने । उनी जता बहुमत पुग्छ त्यतै उभिने पात्रका रुपमा चिनिँदै आएका छन् । उनी ‘पर्ख र हेर’ को अवस्थामा छन् ।

माओवादीबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका नेता देवकोटालाई ‘सबैभन्दा बढी फ्लोर क्रसको शंका’ को रुपमा हेरिएको छ । उनी पनि यतिबेला एमाले–माओवादी गठबन्धनसँग संवाद बढाइरहेका छन् । उपधारा ९३० मा माओवादी दलको ह्वीप उनलाई लाग्छ । त्यसैले फ्लोर क्रस गर्ने सम्भावना भए पनि सजिलो भने छैन ।

माओवादी प्रमुख सचेतक कुसुम बुढा भने प्रदेश सभा सदस्य देवकोटाले फ्लोर क्रस गर्ने सम्भावना नै नरहेको बताउँछिन् । ‘उहाँ माओवादीको सांसद हो । पार्टीको ह्वीप उहाँले मान्नुहुन्छ,’ उनले भनिन्, ‘फ्लोर क्रस गर्ने सम्भावना छैन ।’ ह्वीप उल्लंघन गरे पार्टीले कारबाही गर्ने माओवादीको चेतावनी छ ।

देवकोटाचाहिँ अहिले आफ्नो कुनै प्रतिक्रिया नरहेको बताउँछन् । उनले पार्टीको केन्द्रीय निर्देशनअनुसार अघि बढ्ने र हालसम्म कुनै निर्णय नआएको बताए ।

देवकोटाको पार्टी नेपाल समाजवादी पार्टीका अध्यक्षमा डा। बाबुराम भट्टराई छन् । केन्द्रीय गठबन्धनप्रति उनी रुष्ट छन् ।
पाण्डेले भोलि विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम सरकार बन्छ । पाण्डेले उपधारा ९३० को सरकार ढले पनि ९५० मा आफैँले बहुमत देखाएर मुख्यमन्त्री दाबी गर्ने योजना बनाएका छन् । उपधारा ५ को सरकार बनाउन सबै सांसद स्वतन्त्र हुन्छन् । यो धाराअनुसार सरकार बनाउँदा पार्टीको ह्विप लाग्दैन । त्यतिबेला चाहिँ नेपाल समाजवादी पार्टीका सांसद देवकोटाको मत उनले सहजवै पाउन सक्ने देखिन्छ ।

यदि पाण्डेले विश्वासको मत पाउने पक्का भए विपक्षी गठबन्धनले संसद् बहिष्कार गर्नेसम्मको आन्तरिक तयारीसमेत गरिरहेको स्रोतको दाबी छ । सभामुख र उपसभामुखले राजीनामा दिएर एमाले र माओवादी दुवै पार्टी संसदमा उपस्थित नहुने अन्तिम विकल्पका रूपमा छलफल चलिरहेको स्रोतको दाबी छ । यसका लागि विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री अधिकारीले केन्द्रीय नेताहरूको ध्यानाकर्षण गराइरहेका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते, आईतवार


Scroll to Top

Janata Media