बीपी र मदनका नाममा करोडौँ रुपैयाँका कार्यक्रम राख्न नमानेपछि कांग्रेस–एमाले बैठक छाडेर हिँडेको बालेनको आरोप

जनता संवाददाता
२०८१ असार १४ गते, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० ले एमाले–कांग्रेसका नगरसभा सदस्यहरूले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँ रुपैयाँका कार्यक्रम राख्न भनेकोमा आफूले नमानेपछि नगरसभा बैठक नै रोकेर हिँडेको आरोप लगाएका छन् ।

एमाले र कांग्रेसका नगरसभा सदस्यहरुले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भनेपछि आफूले चार स्वतन्त्र सेनानी शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गगालाल श्रेष्ठको नाममा गरौँ भन्ने जवाफ दिएको पनि बताएका छन् । उनले एमाले–कांग्रेसका नगरसभा सदस्यहरूले चार सहिदहरूको भन्दा बीपी र मदनको योगदान धेरै देखेको हुनसक्ने पनि बताएका छन्

‘सायद कांग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै कांग्रेस–एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला, त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो,’ उनले फेसबुकमा भनेका छन् ।

प्रकाशित मिति : २०८१ असार १४ गते, शुक्रबार


Scroll to Top

Janata Media