गुल्मीमा पहिरोले एकै परिवारका पाँच जना पुरिए

जनता संवाददाता
२०८१ असार १५ गते, शनिबार

काठमाडौँ । गुल्मीमा पहिरोले एकै घरका पाँच जना पुरिएका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ अर्जै ठाँटीमा दुई तले घरमा पाँच जना पुरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पाँच जना मध्ये एक जना वृद्धको शव निकालिएको र जिल्लाबाट प्रहरी निरीक्षकको कमान्डमा ११ जनाको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको चौधरीले बताए ।

प्रकाशित मिति : २०८१ असार १५ गते, शनिबार


Scroll to Top

Janata Media