
काठमाडौँ । स्वास्थ्यकर्मीको सेवा स्वास्थ्य संस्थामा वा बाहिर पनि ? उत्तर पक्कै बाहिर पनि भन्ने नै आउँछ । अनि बाहिर जाँदा स्वास्थ्य सरोकारकै अथवा अरू ? यसमा पनि स्वास्थ्य सरोकारकै भन्ने आउँछ तर प्युठानको मल्लरानी गाउँपालिका–३, धरमपानीमा रहेको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले भने बिरामीलाई बोकेर घर लगिदिने सेवा पनि दिएका छन् ।
यति मात्र होइन पोसाकसहितका स्वास्थ्यकर्मीले सुत्केरीलाई बोकेर घरसम्म लैजाँदा बाटामा कसैले उनीहरूलाई सहयोग गरेनन्, रमिता मात्र हेरिरहे । घटना विवरण अनुसार ऐरावती गाउँपालिका–६, काल्ने प्युठानकी ३० वर्षीया जीवा विक सुत्केरी व्याथाले च्यापेपछि धरमपानी स्वास्थ्य चौकी पुगीन् । उनी तीन वर्षको छोरो र आमासहित राति ८ बजे स्वास्थ्य चौकीमा पुगेकी थिईन् ।
उनीले त्यसै राति करिब १० बजे सामान्य अवस्थामा छोरीलाई जन्म दिर्यन् । सुत्केरी भएको २४ घण्टासम्म आराम गरेपछि स्वास्थ्यकर्मीले उनीलाई घर जान सल्लाह दिए तर पानी परिरहेकाले बाटो अवरुद्ध थियो । गाडी चलेका थिएनन् । उनी आफैँ हिँडेर जान पनि सकिन् । अनि उनीलाई घरसम्म बोकेर लैजाने सहयोगी कोही पनि थिएनन् ।
त्यसपछि स्वास्थ्यकर्मीले नै स्ट्रेचरमा बोकेर उनको घरसम्मै पु(याइदिए । जनस्वास्थ्य निरीक्षक (अधिकृत छैटौँ) टुकाराम पोख्रेलले भन्नुभयो, “स्वास्थ्य चौकीमा आएका गाउँका मान्छेलाई घरसम्म पु(याइदिनुस् भनेर अनुरोध गर्दा पनि कोही तयार नभएपछि खाजा खाने समयमा हामीले नै बोकेर उनको घरसम्म पु(याइदियौंँ ।”
जनस्वास्थ्य निरीक्षक पोख्रेलसहित, अहेव मुना केसी, अनमी पार्वता पुन, ल्याब असिस्टेन्ट शान्ता पुन र कार्यालय सहयोगी नमा पौडेलले जीवालाई बोकेर लिएका थिए ।
मल्लरानी–२ को स्याला भन्ने ठाउँबाट हालै मात्र बसाइँ सरेर ऐरावती गाउँपालिका आउनुभएकी जीवाका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । त्यसैले जीवा माइतमा बस्दै आएकि छन् । स्वास्थ्य चौकीमा २४ घण्टे प्रसूति सेवा उपलब्ध छ । त्यहाँ सात जनाको जनशक्ति छ । जनस्वास्थ्य निरीक्षक पोख्रेलबाहेक अरू सबै महिला छन् ।
जनस्वास्थ्य निरीक्षक पोख्रेलले भने “अब सुत्केरीलाई घर लैजान सक्नुहुन्छ भन्यौँ । उनले आफैँ हिँडेर जान्छु पो भन्नु भयो । भर्खरकी सुत्केरीलाई झन् जोखिम होला भनेर हामीले नै हिम्मत ग(यौँ । सुरुमा मैले अगाडिबाट दुवै काँध थापेँ । पछाडितिर महिला कर्मचारीलाई बोक्न भनेँ । पछि आलोपालो गरियो ।”
स्थानीयका अनुसार गाउँमा पुरुष र युवाको अभाव छ । भएका केही व्यक्ति पनि खेतीपातीको समय भएकाले व्यस्त थिए । सुत्केरी जीवालाई बोकेकी अनमी पार्वता पुनले भनीन् “हामीले बोकेर लैजान्छौँ भन्दा म आफैँ हिँडेर जान्छु भनीन्न । भर्खरकी सुत्केरीलाई रक्तस्राव जस्ता जटिलता होला भनेर हामीले नै बोक्यौँ ।”
उनका अनुसार धरमपानी स्वास्थ्य चौकीबाट सुत्केरी जीवाको घर करिब एक घण्टाको दुरीमा छ । उनको घर पुग्न मूल बाटो छोडेर करिब आधा घण्टा गोरेटो बाटो हिँड्नु पर्छ । पानी परेकाले गोरेटो बाटो चिप्लो थियो ।
महिला कर्मचारीले बोकेको देखेपछि बजारबाट कोही न कोही साथ दिन पक्कै आउँछन् भन्ने लागेको थियो तर बजारका मान्छे एक जना पनि आएनन्, सोध्दा पनि सोधेनन्,” पुनले भनीन्, “बाटोमा मान्छेले हामीलाई हेरिरहे । सहयोग गर्न कोही आएनन् ।”अप्ठ्यारो अवस्थामा छरछिमेकले साथ नदिए पनि स्वास्थ्यकर्मीको सहयोगले आफूले पुनर्जीवन पाए झैँ लागिरहेको सुत्केरी जीवाले बताईन् ।
प्युठानको मल्लरानी–३ मा रहेको धरमपानी स्वास्थ्य चौकीमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१, प्युठानको मल्लरानी गाउँपालिकाकै २ र ऐरावती गाउँपालिका–६ का बासिन्दाले पनि सेवा लिन्छन् ।