काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यतिबेला शिक्षाको अवस्था निकै नाजुक रहेको बताएका छन् ।
मंगलबार खगेन्द्र न्यु लाइफ एजुकेशन सेकेन्ड्रि स्कुल जोरपाटीले आयोजना गरेको अपाङ्गता विद्यार्थीहरूलाई आवसीय छात्रवृत्ति र अन्य छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
उनले भने, ‘शिक्षाको कुरा अहिले सबैलाई थाहा छ, हामी कस्तो शिक्षाबाट गुज्रिरहेका छौं,यस्तो नाजुक अवस्थामा पनि धेरै विद्यार्थीहरूले एसईइमा राम्रो नतिजा लिएर पास हुनु भएको छ ।’साथैउनलेअहिले देशमा शिक्षा मात्र होइन राजनीतिमा पनि के हुँदैछ भन्ने जनमानसको चासो रहेको बताए ।
यसैबीच नेता कोइरालाले दुईटा ठुला दल कांग्रेस र एमाले मिलेर आलोपालो गरेर सरकारमा जाने निर्णय गरेको पनि बताए ।
उनले भने, ‘२८ गते विश्वासको मत प्रधानमन्त्रीले लिन्छु भन्नु भएको छ, विश्वासको मत लिने अधिकार संविधानले नै दिएको छ । राजीनामा गर्नुपर्छ या त विश्वासको मत छिटो ल्याउनुपर्छ भनेर केही हुनेवाला छैन यो सबै अधिकार संविधानले दिएको हुनाले यसमा हतार गर्नु उचित हुँदैन ।’







