पहिलो पटक मुगुले पायो मन्त्री

जनता संवाददाता
२०८१ असार ३१ गते, सोमबार

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको नयाँ सरकारमा मुगुका ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री बनेका छन् । उनी नेपाली कांग्रेसबाट पहिलो पटक मुगुबाट मन्त्री बनेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्ति समेत हुन् । शाहीको राजनीतिक अवस्था मन्त्री ऐनबहादुर शाही मुगुमा लोकप्रिय छन् ।

आम नागरिकसँगै पार्टीभित्र र अन्य पार्टीका कार्यकर्तासँग पनि राम्रो सम्बन्ध बनाएका शाहीसँग मुगुवासीले ठूलो अपेक्षा राखेका छन् । शाही हाल मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । भने वहालवाला मुगुका जिल्ला पार्टी सभापती पनि हुन् ।
२०२६ साल फागुनमा मुगुको अति विकट मानिएको सोरु गाउँपालिका २ धुपि भन्ने गाउँमा एक गरिव बिपन्न घर परिवारमा जन्मेका शाही २०४४।०४५ सालबाट नेपाल विद्यार्थी संघबाट संक्रिय राजनीतिमा होमिएका थिए ।

बहुदलीय व्यवस्था पछि कांग्रेस जिल्ला पार्टी सदस्य हुँदै २०६८ मा शाही मुगु जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।
२०७० मा पहिलो पटक संविधान सभा सदस्यको उम्मेदवार बनेका शाही झिनो मतान्तरले पराजित हुन पुगेका थिए । शाही फेरी दोस्रो पटक २०७८ मा कांग्रेस मुगु सभापति बनेका थिए ।उनी २०७९ को आम निर्वाचनमा दोस्रो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए ।यस पटक मतदाताले शाहीका निकटतम प्रतिसपर्धी नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गराएका हुन् । झण्डै चार हजार बढीको मन्तारन्तरले पहिलो पटक शाही संसदीय अभ्यासमा प्रवेश गर्न सफल भएका हुन् । भद्र र सालिन नेताका रुपमा परिचित शाहीले समग्र मुगु जिल्लाका लागि राम्रो काम गर्नेमा जिल्लाबासी सबै आशावादी छन् ।

प्रकाशित मिति : २०८१ असार ३१ गते, सोमबार


Scroll to Top

Janata Media