देवेन्द्र बब्लु अभिनित ‘पिंजडाको सुगा’ सार्वजनिक

जनता संवाददाता
२०८१ श्रावण १० गते, बिहीबार

काठमाडौँ । कवि शिरोमणि लेखनाथ पौड्यालको ‘पिंजडाको सुगा’ मा आधारित सांगितिक कवितात्मक चलचित्र सार्वजनिक भएको छ । हालका युवा गायक देबेन्द्र बब्लु अभिनित श्रव्यदृश्ययुत्त चलचित्रमा स्वतन्त्रता , आत्मअभिव्यक्ति, आत्मखोजको भित्री यात्रालाई अतियथार्थवाद र अमूर्त शैलीले दृश्य र संगीतबाट प्रकटीकरण गरिएको छ ।

कविताका २३ श्लोक मध्य ८ श्लोक दृश्य भाषामा पनि वाचन भएको छ । कोरपोरेट १० – ५ जीवनले एक सृजनात्मक युवा भित्रको वास्तविक अस्तित्वलाई कसरी दबाउन सक्छ र ऊ सामाजिक मानसिक अवरोधहरुबाट मुक्त हुन कसरी खोज्छ भन्नेबारे निर्देशक लेखक प्रशन्न मालीले छायांकार सरोज श्रेष्ठसंग मिली भिन्न भिन्न सट कम्पोज गरी चित्रण गरेका छन् ।

रिदेन श्रेष्ठको सम्पादन, धिरज अधिकारीको रंग संयोजन र सबिन महर्जनको संगीतले पनि यस सांगितिक चलचित्रलाई मूर्त रुप दिएको छ । चलचित्रलाई मुनस्टोन प्रोडक्सनले निर्माण र प्रस्तुत गरेका हुन् । मुनस्टोनको युट्युब च्यानलमा चलचित्रलाई हेर्न सकिन्छ ।

भिडियो हेर्नुहोस्:

प्रकाशित मिति : २०८१ श्रावण १० गते, बिहीबार


Scroll to Top

Janata Media