नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

जनता संवाददाता
२०८१ श्रावण २३ गते, बुधबार

काठमाडौँ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । बागमती प्रदेशका डीआईजी विष्णु केसी घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी गराए ।

प्रकाशित मिति : २०८१ श्रावण २३ गते, बुधबार


Scroll to Top

Janata Media