मोरङको केराघारीभित्र एकै घरका २ जना नाबालिकाको शव फेला

जनता संवाददाता
२०८१ भाद्र १५ गते, शनिबार

मोरङ । मोरङको सुन्दरहरैँचा–७ केराघारीभित्र एकै घरका २ जना नाबालिकाको शव फेला परेको छ।

शनिबार दिउँसो साढे ४ बजेतिर धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु १ वर्षीया अर्पणा र ३ वर्षीया आयिका कार्की केराघारीभित्र मृत अवस्थामा फेला परेका हुन्।

नाबालिकाको शव फेला परेपछि आमा अस्मिता सम्पर्कविहीन भएकी छन्। उनको खोजी तीव्र पारिएको छ। प्रहरिका अनुसार घटनाको प्रकृति हेर्दा दुवै बालिकालाई विष खुवाएर मारे जस्तो देखिन्छ।

बालिकाको शव फेला परेको स्थान नजिकै कीटनाशक औषधि ‘मेटासिट’ को बट्टा फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ भाद्र १५ गते, शनिबार


Scroll to Top

Janata Media