आइसिसी विश्वकप लिग-२ : नेपाल अमेरिकासँग तीन विकेटले पराजित

जनता संवाददाता
२०८१ कार्तिक १२ गते, सोमबार

काठमाडौँ । नेपाल आइसिसी विश्वकप लिग(२ मा अमेरिकासँग तीन विकेटले पराजित भएकोछ ।

अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा आइतबार राति भएको खेलमा जितका लागि दुईसय ८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.४ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको हो ।

अमेरिकाको जितमा ओपनर शयान जहाजिंगरले सर्वाधिक एक सय चार रन बनाए । उनले ९७ बलमा १२ चौका र चार छक्काको सहयोगमा सतकीय पारी खेले ।

कप्तान मोनांक पटेलले ६२, हरमित सिंहले ५७, शाड्ली भान सालवेकले अविजित २९, साइतेजा मुकामल्ला र जसदीप सिंहले समान ११ रन बनाए ।

बलिङ्मा नेपालका कुशल भुर्तेलले चार विकेट लिए । उनले ६ ओभरमा २३ रन खर्चिनु भएको थियो । यस्तै सोमपाल कामीले दुई तरा ललित राजवंशीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सवै विकेटको क्षतिमा दुई सय ८६ रन बनाएको थियो ।

नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रन बनाए । उनले ७५ बलमा आठ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाएका हुन् ।

ओपनर अनिल शाहले ५६ र आसिफ शेखले ५२ रन बनाए । आरफि शेखले ३७, दीपेन्द्रसिंह ऐरीले १३ र कुशल भुर्तेलले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा अमेरिकाका अमेरिका नोस्सुप केन्जिगेले चार विकेट लिए । हरमित सिंह, शाड्ली भान सालवेक र जसदीप सिंहले एक एक विकेट लिए ।

यससँगै लिग-२ को नौ खेलमा सात हार, एक जित र एक खेल वर्षाका कारण एक एक अङ्क बाँडेको नेपाल तीन अङ्कसहित सातौँ स्थानमा छ । १० खेल सकेको खमेरिका १४ अङ्कसहित दोस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : २०८१ कार्तिक १२ गते, सोमबार


Scroll to Top

Janata Media