काठमाडौं । प्रहरीले काठमाडौंको कागेश्वरी मनोहराबाट जुवा खेलिरहेका १७ जनालाई पक्राउ गरेको छ । प्रहरीले गए राति कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित डाँछीको नयाँ गाउँस्थित खाली जग्गामा जुवा (ओखर) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, डाँछीका ३३ वर्षीय हस्तबहादुर तामाङसहित १७ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ६५ हजार ४०० रुपैयाँ र १९ दाना ओखरसहित पक्राउ गरेको जनाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।







