नेपाल र भुटान बराबरीमा रोकिए

जनता संवाददाता
२०८१ पुष ७ गते, आईतवार

काठमाडौँ । नेपाल र भुटान यु–१९ राष्ट्रिय महिला टोली बिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा आइतबार भएको खेलमा नेपाल र भुटान १–१ गोलको बराबरीमा रोकिएका हुन् ।

सुरुवाती अग्रता जोगायन नसक्दा नेपालले बराबरीमा चित्त बुझाएको थियो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकएिको थियो । ६७औँ मिनेटमा सुशिला केसीले डिबक्स छेउबाट सोझै गोल गर्दै नेपाललाई अग्रता दिलाए ।

त्यसपछि ८०औँ मिनेटमा भुटानकी फुन्ट्शो छोडेनले गोल गर्दै खेललाई बराबरीमा सकेका थिए । यसअघि, नेपाल र भुटानको महिला यू–१६ टोलीको मैत्रीपूर्ण खेलमा नेपाल भुटानसँग ५–१ गोलले पराजित गरेको थियो ।

प्रकाशित मिति : २०८१ पुष ७ गते, आईतवार


Scroll to Top

Janata Media