भाइरल अभियन्ता आशिका तामाङ प्रहरी नियन्त्रणमा

जनता संवाददाता
२०८१ माघ २ गते, बुधबार

काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल अभियन्ता आशिका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनलाई बुधबार दिउँसो स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ गरी थप अनुसन्धानका लागि गौशाला प्रहरी कार्यालयमा राखिएको छ।

प्रकाशित मिति : २०८१ माघ २ गते, बुधबार


Scroll to Top

Janata Media