नेपाल खोखो विश्वकपको क्वार्टरफाइनलमा

जनता संवाददाता
२०८१ माघ ३ गते, बिहीबार

काठमाडौँ । नेपालको पुरुष टोली भारतमा जारी खोखो विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा बिहीबार भएको लिग चरणको अन्तिम खेलमा भुटानलाई ९८–८ ले हराउँदै नेपाल क्वार्टरफाइनलमा पुगेको हो ।

समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको नेपाली टोलीले तेस्रो जितसँगै ६ अङ्क बनायो । नेपाल यसअघि पहिलो खेलमा भारतसँग ४२–३७ ले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा पेरुलाई ८०–३४ ले हराएको थियो ।

नेपालले तेस्रो खेलमा ब्राजिललाई १३४–८ ले हराएको थियो । नेपालको महिला टोली पनि क्वार्टरफाइनल नजिक पुगेको छ । महिला टोलीले बिहीबार नै बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २०८१ माघ ३ गते, बिहीबार


Scroll to Top

Janata Media