सुनको मूल्य तोलामा दुइ हजार सात सयले घट्यो

जनता संवाददाता
२०८१ माघ ३० गते, बुधबार

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु. दुई हजार ७०० ले घटेको हो ।

मङ्गलबार प्रतितोला सुन रु. एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु. एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु. १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु. एक हजार नौ सय ३० निर्धारण गरिएको छ । रासस

प्रकाशित मिति : २०८१ माघ ३० गते, बुधबार


Scroll to Top

Janata Media