
काठमाडौँ । पाटन उच्च अदालतले प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लाज शरणम’ को प्रचारप्रसार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा नगर्न आदेश दिएको छ।
पूर्वमन्त्री मोहम्मद अफताव आलमको रिटमाथि सुनुवाइ गर्दै मंगलबार न्यायाधीशद्वय लालबहादुर कुँवर र हेमन्त रावलको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको उच्च अदालतका सूचना अधिकारी अर्जुन प्रसाद आचार्यले जानकारी दिए।
पूर्वमन्त्री आलमले फिल्ममा आफ्नो अनुहारसँग मिल्ने पात्रको प्रयोग अनुमति बिना गरिएको भन्दै चलचित्र विकास बोर्डलाई विपक्षी बनाई अदालतमा रिट दायर गरेका थिए।
रिटमा उनले आफ्नो मुखाकृति, पहिरन, शारीरिक बनावट, कपालको शैली, हाउभाउ र लवज हुबहु मिलाइएको दाबी गर्दै यसको प्रदर्शन रोक्न माग गरेका थिए।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको ‘लाज शरणम’ आगामी फागुन १४ गते शिवरात्रिका दिन प्रदर्शन हुने तय गरिएको छ।