सुनचाँदीको मूल्य वृद्धि

जनता संवाददाता
२०८१ फाल्गुन २१ गते, बुधबार

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । आज प्रतितोला सुनको मूल्य रु. नौ सय र चाँदीको मूल्य रु. १० ले बढेको हो ।

मङ्गलबार प्रतितोला रु. एक लाख ६९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रु. एक लाख ७० हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला रु. एक हजार नौ सय ५० मा किनबेच हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ११ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते, बुधबार


Scroll to Top

Janata Media