तीर्थयात्री बोकेको भारतीय नम्बरको ट्रयाक्टर कैलालीमा दुर्घटना

जनता संवाददाता
२०८१ चैत्र १६ गते, शनिबार

धनगढी । भारतीय तीर्थयात्री बोकेको भारतीय नम्बर प्लेटक ट्रयाक्टर कैलालीमा शनिबार अपराह्न दुर्घटना भएको छ।

बेहडाबाबा मन्दिरको दर्शन गरेर फर्किरहेका तीर्थालु बोकेको सोनालिका ट्रयाक्टर कैलारी गाउँपालिका–५ को मनिकापुरमा दुर्घटना भएको हो। हुलाकी राजमार्गबाट ट्रयाक्टर खेतमा पल्टेको इलाका प्रहरी कार्यालय हसुलियाले जानकारी दिएको छ। सो क्षेत्रमा बाढीले राजमार्ग बिगारेको छ। दुर्घटनामा परी कम्तीमा १५र१६ जना घाइते भएका जनाइएको छ। जसमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

घाइतेलाई उपचारका लागि चार वटा एम्बुलेन्समा राखेर अस्पतालतर्फ पठाउने कार्य भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते, शनिबार


Scroll to Top

Janata Media