काठमाडौं । ग्रामिण पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले तनहुँको भिमाद नगरपालिका–५ स्थित पर्यटकीय गाउँ मिर्छुलुङमा सांस्कृति भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।
भवनको गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री एवम् गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आलेले आइतबार उद्घाटन गरे । सो अवसरमा आलेले यस गाउँमा सञ्चालित सामुदायिक घरबासले पर्यटकको मन जितिरहेकोले थप आकर्षण बढाउन भवन निर्माणको लागि प्रदेश सरकारले सहयोग गरेको बताए ।
उनले घरबासमा बस्ने पाहुनालाई यहाँको स्थानीय उत्पादनबाट बनेका परिकार खुवाउनुका साथै स्थानीय सांस्कृतिक झाँकीले मनोरञ्जन प्रदान गर्नुपर्नेमा जोड र्दिए ।
पर्यटन पूर्वाधार कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश सरकारले ३७ लाखमा निर्माण गरिएको मिछुर्लुङ क्षेत्र विकास तथा भ्युटावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिए ।
सोही गाउँमा मिछुर्लुङ सेमिनार हल निर्माण गरिएको को भिमाद ५ का वडा अध्यक्ष पदम बहादुर थापाले आइतबार उद्घाटन गरे । उक्त भवन भिमाद नगरपालिकाबाट १५ लाखमा मिछुर्लुङ सेमिनार हल निर्माण गरिएको थापाले जानकारी दिए ।
मिछुर्लुङ सामुदायिक होमस्टेको अग्रसरतामा पर्यटन पूर्वधार कार्यक्रम मार्फत मिछुर्लुङ बहुउदेश्यीय भवनको निर्माण भएको हो । स्थानीय उत्पादन, स्थानीय वेशभूषा, चालचलनको प्रष्ट झल्को दिने सामग्री राख्ने, सास्कृति प्रस्तुति देखाउन सांस्कृतिक भवन निर्माणा गरिएको हो ।
मगर समुदायको कौरा, झ्याउरे, अर्गानिक परिकार मिर्छुलुङ घरवासको विशेषता हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मिर्छुलुङमा झरना पनि छ । उक्त झरनामा क्यानोनिङ सञ्चालन गरिएको छ ।







