श्री भगवतीको अपराजित यात्रा जारी

जनता संवाददाता
२०८१ चैत्र २९ गते, शुक्रबार

काठमाडौँ । श्री भगवतीले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा अपराजित यात्रा जारी राखेको छ ।

एन्फा मैदान सातदोबाटोमा शुक्रबार भएको खेलमा श्री भगवतीले बाँसबारी क्लबलाई १–० गोलले हरायो । श्री भगवतीको जितमा आयुष तिम्सिनाले ७५औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।

६ खेलमा अपराजित रहेको श्री भगवतीले १४ अङ्क बनाएको छ । बाँसबारीले भने लगातार तेस्रो हार खेपेको छ । बाँसबारीको समान खेलबाट ६ अङ्क छ । लिगमा ‘बी’ डिभिजनका १४ टोलीबिच भिडन्त भइरहेको छ ।

लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ ।

यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते, शुक्रबार


Scroll to Top

Janata Media