राष्ट्रपतिबाट सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत

जनता संवाददाता
२०८२ बैशाख १९ गते, शुक्रबार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

राष्ट्रपति पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए ।

बैठकमा उपराष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरू, पूर्व सभामुखहरू, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ):

 

प्रकाशित मिति : २०८२ बैशाख १९ गते, शुक्रबार


Scroll to Top

Janata Media