बायर्नले जित्यो बुन्डेस लिगा उपाधि

जनता संवाददाता
२०८२ बैशाख २२ गते, सोमबार

काठमाडौँ । जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखले जितेको छ ।

आइतबार राति लिगको दोस्रो स्थानमा रहेको बायर लेभरकुसन फ्राइबर्गसँग २–२ गोलको बराबरीमा रोकिएपछि बायर्न लिग च्याम्पियन बनेको हो ।

बायर्नको यो ३३औँ बुन्डेस लिगा उपाधि हो । बराबरीसँगै साविक विजेता लेभरकुसन ३२ खेलमा ६८ अङ्क बनाएको छ । च्याम्पियन बायर्नको ३२ खेलबाट ७६ अङ्क पुगेको छ ।

यसअघि शनिबारको खेलमा बायर्न लाइप्जिगसँग बराबरीमा रोकिँदा उपाधि यात्रा लम्बिएको थियो ।

 

प्रकाशित मिति : २०८२ बैशाख २२ गते, सोमबार


Scroll to Top

Janata Media