कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी नजिर मियाँलाई

जनता संवाददाता
२०८२ जेष्ठ ५ गते, सोमबार

काठमाडौँँ । राष्ट्रपति रामचन्द्र पौडेलले कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई तोकेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले सोमबार एक विज्ञप्ति जारी गर्नुभई कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी जेठ ५ गतेदेखि असार १३ गतेसम्म संयुक्त राज्य अमेरिकामा निजी भ्रमणमा जाने हुँदा उनको अनुपस्थितिमा मियाँलाई उक्त जिम्मेवारी तोकिएको जानकारी दिएका छन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिस बमोजिम मियाँलाई सो जिम्मेवारी तोक्नुभएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते, सोमबार


Scroll to Top

Janata Media