प्रदेशसभा सांसद सिंहका स्वकीय सचिव पक्राउ

जनता संवाददाता
२०८२ जेष्ठ १३ गते, मंगलवार

काठमाडौँ । महोत्तरी निर्वाचन क्षेत्र ४ (ख) का प्रदेशसभा सदस्य सरोजकुमार सिंहका स्वीकय सचिव विनोदकुमार लाल कायस्थ पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सिंह समेतले विभिन्न उपभोक्ता समितिहरु गठन गरेको देखाइ उक्त उपभोक्ता समितिको खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत झिकी झिक्न लगाइ उक्त रकम आफ्नो र श्रीमतीको खातामा बैङ्क दाखिला गर्न लगाएको आरोप लागेको छ ।

आयोगका अनुसार ६५ वर्षीय कायस्थलाई जेठ १२ गते अपरान्ह १ बजे धनुषा, जनकपुर उपमहानगरपालिकाबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

सिंहले प्रयोग गर्दै आएको विद्युतीय उपकरणसमेत कब्जामा लिइ आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते, मंगलवार


Scroll to Top

Janata Media