आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले जित्यो

जनता संवाददाता
२०८२ जेष्ठ २१ गते, बुधबार

काठमाडौँ । नेपालले आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयरको अवार्ड जितेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अनुसार नेपालले एसियाली क्षेत्रको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयरको अवार्ड जितेको नेपाल क्रिकेट सङ्घ ९क्यान० ले जनाएको छ । आइसिसीले प्रदान गर्ने आइसीसी डेभलपमेन्ट अवार्डको सूची सार्वजनिक गरेको हो ।

नेपालसँगै यस विधामा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा र इएपी रिजनबाट इन्डोनेसिया विजयी भएका छन् । नेपालले लगातार दोस्रो पटक यो अवार्ड जितेको हो ।

प्रकाशित मिति : २०८२ जेष्ठ २१ गते, बुधबार


Scroll to Top

Janata Media