काठमाडौँ । आइसिसी विश्वकप लिग–२ को तेस्रो खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित भएको छ ।
अन्तिम ओभरमा सम्हालिन नसक्दा दुई विकेट गुमाएको नेपालले जितका लागि तीन सय २४ रनको विशाल लक्ष्य पछ्याएको थियो । नेपाल निर्धारित ५० ओभरका तीन सय २१ रन मात्र बनाउन सकेको थियो ।
एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले बनाएको सर्वाधिक योगफल हो । अन्तिम ओभरमा आठ विकेट गुमाइसकेको नेपाललाई जितका लागि सात रनको चाहिएको थियो । तर, क्रिजमा हएका करण केसी र ललितनारायण राजवंशीको विकेट गुमेपछि नतिजा स्कटल्यान्डको पक्षमा गएको थियो ।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ७३ रन बनाए । उनले ८५ बलमा आठ चौकासहित उक्त रन बनाएका हुन् । यस्तै सोमपाल कामीले ६७ रन बनाए ।
उनले ४४ बलमा तीन चौका र चार छक्काको सहयोगमा उक्त रबन बनाउनुभएको हो । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५६ रन बनाए ।
आसिफ शेखले ३९, कुशल भुर्तेल र करण केसीले १७ १७ रन जोड्नुभयो । बलिङमा स्कटल्यान्डका म्याकेन्जी जोन्सले सर्वाधिक तीन विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय २३ रन बनाएको थियो । स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले ।
बेरिङ्टनले ११४ बलमा ६ चौका र चार छक्काको सहयोगमा १०२ रन बनाउनुभएको हो। माइकल लीस्कले स्कटल्यान्डका लागि नटआउट ६२ बलमा ९६ रन बनाए ।
चार्ली टेयरले ६५ बलमा नौ चौकाको सहयोगमा ६८ रन जोड्दा मार्क वाटले अविजित २१ र फिनले म्याकक्रियाथले १७ रन बनाए।
नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिँदा ललितनारायण राजवंशीले एक विकेट हात पारे
यस नतिजासँगै सातौँ स्थानमा यथावत रहेको नेपालले १५ खेलबाट १० अङ्क बनाएको छ । १९ खेलबाट २४ अङ्क जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा छ ।







