हुम्ला । नेपालगञ्जदेखि हुम्लाका लागि उडान भर्दै आएका निजी एयरलाइन्सले एक दिनमा चौधवटा फ्लाइट (उडान) गरेका छन् । सडकसँग जोडिन नसकेको हुम्ला सदरमुकाम सिमकोट विमानस्थलामा नेपालगञ्जबाट सीता, समिट र तारा एयरले विहिबार चौधवटा उडान गरेको सिमकोट विमानस्थलले जनाएको छ ।
यी सबै एयरलाइन्सले विदेशी पर्यटक हुम्ला भित्र्याएका छन् । चौध फ्लाइटमा मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको रुड भएर जाने एक दिनमा एक सय पचास जना भारतीय तीर्थयात्री हुम्ला पुगेका छन् ।
काठमाण्डौँ केरुङ हुँदै चीनको मानसरोवर कैलाश जाने तीर्थयात्रीका लागि हुम्ला हुँदै जादा छोटो र सजिलो हुने भएको हुँदा यहाँबाट जाने गरेको सिमकोट विमनस्थलमा पर्यटकहरुबाट राजश्व संकलन गर्दै आएका दिपेन्द्र भण्डारीले बताए । जेठ २४ गते १२ जना विदेशी पर्यटक हुम्ला पुगेका थिए ।
त्यस लग्गतै असार दुई गतेबाट कैलाश मानसरोवर दर्शनका लागि भारती तीर्थयात्री नियमीत हवाई जहाजबाट हुम्ला पुग्ने गरेका छन् । हप्ता दिनको अवधिमा तीन सय ६२ जना भारती तीर्थयात्री हुम्ला पुगेको राजश्व संकलक भण्डारीले बताए । यस्तै पाँच जना बाहिय देशका पर्यटक यो समयमा भित्रीएका छन् । त्यसैगरी नेपालगञ्जबाट मोटरसाइकलबाट कर्णाली करिडोर हुँदै आठ जना सिमकोट पुगेका हुन् । नेपालगञ्जबाट हवाई जहाजबाट सिमकोट पुगेका तीर्थयात्रीहरु अधिंकास सिमकोट विमानस्थलबाट हिल्सासम्म हेलिकोप्टरमार्फत कैलाश मानसरोवर जाने गरेका छन् । भने अधिकांस तीर्थयात्रीहरु पैदल गाडीमार्फत हिल्सा पुग्ने गरेका छन् । सिमकोटबाट एकदिनमै गाडी मार्फत पुग्ने गरिन्छ ।
भण्डारीका अनुसार, यस्तै सिमकोट गाउँपालिकाले भारतीय पर्यटकबाट रु एघार सय र एनआरएनबाट रु पन्ध्र सय प्रति पर्यटकबाट संकलन गर्ने गरेको बताए । हुम्ला पुगेका विदेशी पर्यटक एक दिन सिमकोट बास बसेर पछिललो दिन सिमकोटबाट चीनसँगको सिमानाका हिल्सा हुँदै कैलाश मानसरोवर दर्शनका लागि जाने गरेका छन् । गत वर्षको तुलनामा यो वर्ष कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको रुट भएर बढी विदेशी पर्यटक आउने अपेक्षा समेत गरिएको छ ।रासस







