खाडी मुलुकहरूमा लैजान लागिएका ४० नेपाली महिलाहरूको उद्धार

जनता संवाददाता
२०८२ श्रावण २२ गते, बिहीबार

नयाँदिल्ली । गैर कानुनी ढङ्गबाट भारत हुँदै घरेलु कामदारका रूपमा खाडी मुलुकहरूमा लैजान लागिएका ४० जना नेपाली महिलाहरूको उद्धार गरिएको छ । सामाजिक संस्था ‘किन इन्डिया’ को सहयोगमा दिल्ली स्थित नेपाली राजदूतावासले ती महिलाहरूको उद्धार गरी आज नेपाल पठाइएको छ ।

भारत कालागि नेपाली राजदूत डा. शङ्कर शर्माले सामाजिक संन्जाल फेसबुक मार्फत यो कुरा सार्वजनिक गरेका हुन् । सामाजिक संस्था ‘किन इन्डिया’का अध्यक्ष नवीन जोशीका अनुसार खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला कामदार भारतको बाटो हुँदै खाडी पुग्न क्रम पछिल्लो समय बढ्न थालेको छ।

खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला कामदारमाथि शारीरिक तथा मानसिक यातना भएको र अलपत्र पर्ने क्रम समेत बढ्दै गएको उनले बताए ।

प्रकाशित मिति : २०८२ श्रावण २२ गते, बिहीबार


Scroll to Top

Janata Media