आज २०८२ असोज १० गते शुक्रवारः यस्तो छ तपाईंको राशिफल

जनता संवाददाता
२०८२ आश्विन १० गते, शुक्रबार

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। वादविवादबाट बच्ने उपाय अवलम्बन गर्नुहोला। अपराह्नतिर स्वास्थ्य कमजोर हुने र काम रोकिने सम्भावना देखिन्छ। अर्थअभावले सताउनेछ। दोहोर्याएर प्रयत्न गर्दा आंशिक लाभ हुन सक्छ।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विशेष योजनामा बिहान भन्दा साँझतिर काम बन्ने देखिन्छ। वादविवादमा अलमलिनुपर्दा सुरुमा बाधा पुग्नेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। अपराह्नतिर स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रमाइलो यात्राको साइत पनि जुर्न सक्छ। मिहिनेतले राम्रै उपलब्धि दिलाउनेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
अध्ययनमा समय दिन नसकिएला। बुद्धिको उपयोगले मात्र लक्ष्य पहिल्याउन सकिनेछ। समयको मागलाई ध्यान दिन नसक्दा पछि परिनेछ। अपराह्नतिर स्थिति अनुकूल बन्नेछ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ। रचनात्मक कार्यले फाइदा दिनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। अरूको आक्षेप सहनुपर्ने हुन सक्छ। घरेलु समस्याले निराश तुल्याउनेछ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। देखेको विषयमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्न सक्छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
काम विशेषका लागि बिहानको समय अनुकूल छ। साथीभाइको सहयोग जुट्नाले चिताएको काम सम्पादन हुनेछ। प्रक्रिया नमिल्नाले कुनै काम भने दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपर्ला। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। साँझतिर आफन्त टाढिने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बोलीको प्रभाव कमजोर बन्नेछ र विवादास्पद काममा हातहाल्दा समस्या पर्न सक्छ। हिसाबकिताबमा सजग रहनुहोला। सानोतिनो समस्या आए पनि नियमित कामबाट फाइदा हुनेछ। साँझतिर पेसा–व्यवसायमा लाभ उठाउन सकिनेछ। विद्या तथा धन आर्जन हुनेछ भने मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। ईर्ष्या गर्नेहरूबाट अलि सावधान रहनुपर्ला। अरूको भरपर्दा काम रोकिन सक्छ।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
बिहान समस्यायुक्त काममा जुट्नुपर्ने अवस्था रहनेछ। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। दिउँसोतिर केही विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। बोली–व्यवहारमा संयम रहनुपर्ला। पेसा–व्यवसायमा त्यति फाइदा नहुन सक्छ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती समेत झेल्नुपर्ला। समय दिन नसक्दा काम रोकिन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। दिउँसोदेखि आफन्तसँग भेटघाट हुनेछ। तर अप्ठ्यारा काममा हातहाल्दा समस्या पर्नेछ। कमजोर मानसिकताले पनि पछि परिने सम्भावना छ। स्वास्थ्यका कारण काम रोकिन सक्छ।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। सानो प्रयत्नले ऋणमोचन हुने सम्भावना छ। दिउँसोतिर खर्चिलो काम सुरु हुनेछ र धनसंग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। प्रयत्न गर्दा लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेत गर्दा कार्यसिद्धिको समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। दिउँसोदेखि नयाँ काम बन्नेछ भने पेसा–व्यवसायमा थप फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ। मिहिनेतको उपलब्धि प्राप्त हुनेछ। किनमेलमा केही रकम भने खर्च हुन सक्छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेत परे पनि फाइदा कम मात्र हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिएला। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। अरूको फाइदाका लागि उपयोग भइने समय रहेकाले सावधान रहनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनुको साथै रोकिएको काम सम्पादन हुनेछ। भेटघाट र किनमेलमा रुचि बढ्नेछ। पेसा–व्यवसायमा पनि फाइदा उठाउन सकिनेछ। नयाँ काम प्रारम्भ हुनेछ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ। प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ने हुनसक्छ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। तत्काल लाभ नभए पनि मध्याह्नदेखि प्रयत्न गर्दा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। तर अवसरका साथ केही चुनौतीसमेत देखापर्ने छन्। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला।नेपाली पात्रोबाट

प्रकाशित मिति : २०८२ आश्विन १० गते, शुक्रबार


Scroll to Top

Janata Media