मुगु चक्कु प्रहार प्रकरणः मुख्य आरोपी डिल बहादुर धामी पक्राउ

जनता संवाददाता
२०८२ आश्विन १९ गते, आईतवार

काठमाडौँ । चक्कु प्रहारका मुख्य आरोपी डिल बहादुर धामी पक्राउ परेका छन् । धामीलाई प्रहरीले शनिवार बाँकेबाट पक्राउ गरेको हो ।

उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, बाँकेमा राखिएको जिल्ला प्रहरी कार्यालय, मुगुका सूचना अधिकारी अच्युत आचार्यले जानकारी दिए । उनलाई आजै मुगु लिने तयारी भईरहेको सूचना अधिकारी आचार्यले जानकारी दिए ।

प्रहरीमा जाहेरी परे लगत्तै जिल्ला अदालत, मुगुले धामी लगायत १० जनाविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी गरेको थियो ।

यो पनि पढ्नुहोस्ः

मुगुमा चार जनामाथि धारिलो हतियार प्रहार, १० जनाविरुद्ध पक्राउ पुर्जी जारी, सबै फरार

मुगु चक्कु प्रहार प्रकरणः मुख्य आरोपी कार्कीको बयान- प्रहरीले पक्राउ गरे मात्रै जाने, आत्म सर्मपण नगर्ने!

प्रकाशित मिति : २०८२ आश्विन १९ गते, आईतवार


Scroll to Top

Janata Media