दाङमा बसको ठक्करबाट एकको मृत्यु

जनता संवाददाता
२०८२ कार्तिक ६ गते, बिहीबार

घोराही । दाङमा बसको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-५ लमही बजार प्रतिष्ठा पेट्रोल पम्प नजिकै बिहीबार दिउँसो १ बजेतिर बसले ठक्कर दिंदा राप्ती गाउँपाकिका-५ सिंगेखोला निवासी करिव ६५ वर्षीय रामप्रसाद भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका भट्टराईको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

प्रहरीका अनुसार ठक्कर दिने बस र चालकको पहिचान खुल्न सकेको छैन । ठक्कर दिएर फरार रहेको बस र चलकको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक ६ गते, बिहीबार


Scroll to Top

Janata Media