काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० दल एकीकरणपछि गठन भएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा १३८ सदस्यीय केन्द्रीय समिति रहने गरी निर्वाचन आयोगमा सूची पेश भएको छ ।
दलको संयोजकमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा तत्कालीन नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल प्रस्तावित छन् ।
पेश गरिएको सुचीमा तेस्रो नम्बरमा झलनाथ खनाल, चौथो नम्बरमा बामदेव गौतम, पाँचौँ नम्बरमा नारायणकाजी श्रेष्ठ, छैटौँ नम्बरमा अग्निप्रसाद सापकोटा, सातौँ नम्बरमा कृष्णबहादुर महरा, आठौँ नम्बरमा जगन्नाथ खतिवडा, नवौँ नम्बरमा जयन्तीदेवी राई र १० औँ नम्बरमा डा. बेदुराम भुसालको नाम छ ।
त्यस्तै १११ औँ नम्बरमा हुम्लाका कर्णजित बुढाथोकीको नाम समावेश छ ।







